STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एन्फाका नवनिर्वाचित समितिले राष्ट्रिय टिम बाहिरका खेलाडीलाई फिर्ता बाेलाउने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ९, बिहिबार

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए । कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरनिकालेका थिए ।

साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ ।

एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन् ।

Categorized in खेलकुद