STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालद्वारा स्कटल्यान्ड ५ विकेटले पराजित

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २९, बुधबार

घातक बलिङ र सन्तुलित ब्याटिङको मद्दतमा नेपालले आइसिसी विश्व कप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको छ ।

नेपालको जित आदिल आलम, सोमपाल कामी, आसिफ शेख र रोहित पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो ।

लिग टु को सबैभन्दा बलियो मानिएको टोली स्कटल्यान्डविरुद्ध बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै नेपालले स्कटल्यान्ड भ्रमणमा पहिलो जित दर्ता गर्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरको स्कटल्यान्ड ४२.५ ओभरमा अल आउट भएको थियो ।

नेपालको कसिलो बलिङ सामु निरीह देखिएको स्कटल्यान्डले एक सय ४४ रन मात्र बटुलेको थियो ।

स्कटल्यान्डका लागि सर्वाधिक रन गाभिन मेनले बनाए । अर्धशतकीय इनिङ खेल्दै टोलीको उद्दार गरेका उनले ५९ बलमा सात चौका र एक छक्काको मद्दतमा ६४ रन बनाए ।

उनीबाहेक अन्य ब्याटरले १७ रन बढीको योगफल बनाउन सकेनन् ।

स्कटल्यान्डको इनिङलाई धरापमा पार्न नेपालका तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीले समान तीन विकेट लिए ।

त्यसबाहेक कप्तान सन्दिप लामिछानेले दुई र करन केसी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

स्कटल्यान्डलाई पहिलो सफलता मेनले दिलाए । नेपालको पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल विकेटकिपर क्रसमार्फत क्याच आउट भए ।

पेभिलियन फर्कनुअघि भुर्तेलले अर्का ओपनर शेखसँग ४७ रनको पार्टनरसिप गरेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा १३.३ ओभरमा देव खनाललाई गुमायो । खनाल निलको बलमा चार रनमा म्याकलियोडबाट क्याच भए ।

जवाफी ब्याटिङको क्रममा नेपालको इनिङ आसिफ शेखले सम्हालेका थिए । अर्धशतकीय पारी खेलेको उनी ६२ बलमा ७१ रन बनाउँदै क्याच आउट भए ।

१० चौका र एक छक्का प्रहार गरेका उनी लामो सट प्रहार गर्ने क्रममा मेनको बलमा निलमार्फत क्याच भए ।

शेखपछि क्रिजमा आएका दिपेन्द्रले स्कटल्यान्डविरुद्ध पनि आफ्नो खराब फर्मलाई निरन्तरता दिए ।

६ बलको सामना गरेका ऐरी तीन रनमा मेनको बलमा वाटमार्फत क्याच हुँदै पेभिलियन फर्किन बाध्य भए ।

चौथो विकेट गुमाएको दुई ओभरपछि नेपालले आरिफ शेखलाई पाँचौं विकेटको रुपम गुमायो ।

नौ बलको सामना गरेका उनले एक रन मात्रै बनाए ।

नेपालका लागि उपकप्तान रोहित पौडेल ३४ र आदिल अलामले शुन्य रनमा नटआउट रहँदै स्कटल्यान्डविरुद्ध जित पक्का गरे ।  

नेपाललाई रोक्न स्कटल्यान्डका लागि मेनले तीन र बेरिङ्गटन र निलले एक–एक विकेट लिए पनि त्यो पर्याप्त रहेन ।

१८ खेलमा १७ अङ्क जोड्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले दुई खेल कम खेलेको नामिबियालाई एक अङ्कले पछि पारेको छ ।

नेपालको अघि लिग २ अङ्कतालिकामा अमेरिका २३ अङ्कका साथ चौथो र २६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

नेपालसँग हार बेहोरे पनि २२ खेलमा ३० अङ्क जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । लिग २ को सबै (३६) खेल खेलेको ओमान ४४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

Categorized in खेलकुद