STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इटाली यसपटक पनि विश्वकप बाहिर

Janjati Khabar – एजेन्सी | २०७८ चैत्र ११, शुक्रबार

एजेन्सी- इटालीले यो चरणको विश्वकप पनि खेल्न नपाउने भएको छ । युरोपियन च्याम्पियन इटाली नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित भएसँगै विश्वकप छनौटबाट बाहिरिएको हो ।

२०२२ को विश्वकप खेल्न नपाउने भएसँगै इटाली दोस्रो पटक विश्वकप खेल्नबाट बञ्चित हुने भएको हो । नर्थ म्यासेडोनियासँगको खेलमा पूरा समय इटालीले बल कब्जा गरे पनि गोल भने गर्न सकेन ।

उसले खेलमा ३२ वटा एटेम्ट गर्यो । जसमा ५ एटेम्ट विपक्षीको पोष्टमा पर्यो । यद्यपि गोल भने गर्न सकेन । उता नर्थ म्यासेडोनियाका अलेक्सान्डर ट्राज्कोभस्कीले खेलको ९२ औँ मिनेटमा निर्णायक गोल गर्दै आफ्नो देशलाई अब्बल सावित गराएका थिए ।

आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो । अब नर्थ म्यासेडोनियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नका लागि पोर्चुगललाई जित्नुपर्नेछ ।

Categorized in खेलकुद