relans
ni new 83
nib 2082 5

टी–२० विश्वकप छनोट : फिलिपिन्सविरुद्ध नेपाल १३६ रनले विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

काठमाडौँ -आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपालले लगातार दोश्रो जित निकालेको छ। फिलिपिन्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८२ रन जोडेको थियो।

आज अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो।

ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २ सय १८ रन जोडेको थियो।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रन जोडे। कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए। कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन्।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ बनाए। उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । कुशल र दिपेन्द्रले १ सय ७१ रनको साझेदारी गरेका हुन्।

कुशल मल्ल १२ रनमा आउट भए भने आशिफ शेख शुन्य रनमै आउट भएका थिए ।

त्यस्तै पछिल्लो क्रिज टेकेका लोकेश बम अविजित रहँदै ६ रन जोडे।

नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए।

फिलिपिन्सका लागि मिग्गी पोडोस्की, गुर्धुपिन्दर चोहान र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।

Categorized in खेलकुद
ppp 2