relans
ni new 83
nib 2082 5

आज एसियन कपमा नेपाल र ताजिकिस्तान भिड्दै

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ११, बिहिबार

काठमाडौं - एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँँझ ७ः४५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेल हारेको थियो। समूह बी मा रहेको नेपाल इरानसँग ४–० गोलले पराजित भएको थियो।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

यो समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा छ। अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ।

नेपालले अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ।

Categorized in खेलकुद
ppp 2