STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अस्ट्रेलियालाई टी-ट्वान्टी विश्वकप क्रिकेट उपाधि

Janjati Khabar – एजेन्सी | २०७८ कार्तिक २९, सोमबार

न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । 

 न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे । कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ८५, मार्टिन गुप्टिल २८, ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए । यस्तै जेम्स निसले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन जोडे ।

Categorized in खेलकुद