STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ खेल्न नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १२, मंगलबार

काठमाडौं - साफ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ ।

कतारमा दुई साता लामो प्रशिक्षण गरेर टोली सोमबार विहान माल्दिभ्स प्रस्थान गरेको थियो । टोलीले कतारमा रहँदा अ‍ोमानको राष्ट्रिय टोली र स्थानमा क्लबसँग अनौपचारिक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । त्यसअघि दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै टोली कतारतर्फ लागेको थियो ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । उनले कतार गएको २५ जनाबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राखे । ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार साविक विजेता तथा आयोजक माल्दिभ्सको सामना गर्नेछ । त्यसपछि सोमबार टोलीले श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि लामो विश्राम लिँदै टोलीले १० अक्टोबर को दिन भारतको सामना गर्नेछ । लिग चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्दै नेपालले लिग चरण समाप्त गर्नेछ । नेपाल पहिलो पटक फाइनल प्रवेश गर्दै १६ अक्टोबरमा हुने उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा हुनेछ ।

नेपाली टोली हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल,

मिडफिल्डर : विशाल राई, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ

Categorized in खेलकुद