STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्यानका उपाध्यक्ष र महासचिवले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १३, बुधबार

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र महासचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएका छन् । 

उनीहरू दुबै जनाले संयुक्तरुपमा बुधबार राजीनामा बुझाएका हुन् । उपाध्यक्ष राजुबाबु श्रेष्ठले क्यानमा लामो समय बसेको र नयाँ व्यक्तिलाई अवसर दिन राजीनामा दिएको बताएका छन्। 

‘हामी क्यानमा बसेको करिब १५ वर्ष भयो । सधैं हामीमात्रै पदमा बसिराख्नु पर्छ भन्ने छैन । नयाँ साथीहरूलाई पनि मौका दिनुपर्छ भन्ने सोचाइले नै हामीले राजीनामा दिएका हौ,’ श्रेष्ठले शिलापत्रसँग कुरामा भने ।

क्यान बलियो अवस्थामा रहेको कारण यही समय बाहिरिनु उपयुक्त रहेकाले राजीनामा दिएको उनको भनाइ छ ।  

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने राजीनामाबारे अनभिज्ञता प्रकट गरे । उनले आफूले पनि मिडियाबाट राजीनामाको कुरा थाहा पाएको तर औपचारिक केही जानकारी नपाएको प्रतिक्रिया दिए । 

‘राजीनाको कुरा मैले पनि मिडियाबाट नै थाहा पाएँ । किन र के कारणले राजीनामा दिनु भयो, मलाई थाहा छैन्,’ चन्दले भने । 

Categorized in खेलकुद