STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतलाई पराजित गरी सपना साकार पार्नेछौं : कप्तान चेम्जोङ

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २४, आइतबार

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन् ।

शनिबार माल्दिभ्सकाे नेसनल स्टेडियमा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने बताए ।

उनले भने, ‘सपना देख्नुपर्छ । सपना देखेपछि नै पूरा हुने हो । सिंगो नेपाली फुटबल समर्थकको सपना साफ जित्ने हो, यो मेरो मात्र सपना होइन र त्यो सपना पूरा गर्नका लागि भोलिको खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यो सपना पूरा गर्नका लागि हामी पूर्ण रुपमा तयार छौं ।’

भोलि हुने भारतविरुद्धको खेल कठीन भए पनि जितको लक्ष्य लिएको बताए । उनले भनेका छन्, ‘भोलिको खेल हाम्रो लागि निकै कठीन छ । हामीले भोलिको लागि राम्रो तयारी गरेका छौँ र, हामीले जितको लक्ष्य लिएका छौँ । हामीले जितका लागि दुई कदम पाइला अगाडि चालिसकेका छौँ र अर्को एक कदम चाल्न चाहन्छौं ।’

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने बताएका छन् ।

Categorized in खेलकुद