STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ च्याम्पियनसिप : नेपाल १-० गोल अन्तरले भारतसँग पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २४, आइतबार

साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल नेपालले हारेको छ । खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । 

खेलको ८२ औ‌ं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । 

यसअघि खेलको ८० मिनेटसम्म रक्षात्मक रणनीति अनुसार खेलेको नेपालले पछिल्लो १० मिनेट आक्रामक खेल खेल्यो । तर यो समयमा बनाएको केही मौका सदुपयोग गर्न नसक्दा नेपाल पराजित बनेको हो ।  

साफ च्याम्पियनसिपमा दुई खेलमा दुई जितेको भए नेपाल फाइनलमा पुग्ने थियो । आजको हार पछि पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवित नै छ । तर यतिबेला नेपाल, भारत र माल्दिभ्सबीच फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा हुने भएको छ।

हालसम्म प्रतियोगितामा नेपालले तीन खेलमा ६ अंक जोडिसकेको छ भने भारतले तीन खेलमा पाँच अंक जोडेको छ । 

साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा भारतले आफूलाई सर्वाधिक सफल टोलीको रुपमा उभ्याएको छ। अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका थिए । अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ । 

साफ च्याम्पियनसिपमा यसअघि ६ पटकको भेटमा नेपाल भारतसँग ५ पटक पराजित भएको थियो भने एक खेलमा जितेको थियो । २०१३ मा स्वदेशमा भएको साफ च्याम्पियनसिपमा भने नेपालले २–१ ले हराएको हो ।

Categorized in खेलकुद