ईपीएल : वर्षाले खेल अवरुद्ध, पोखरा र भैरहवाको अंक बाँडे
Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १०, आइतबार

काठमाडौं - चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ ।
वर्षाका कारण खेल स्थगित भएको हो । खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
आज विहान भएको अर्को खेलमा चितवन टाइगर्सले रोमाञ्चक जित हात पारेको थियो । चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।
Categorized in खेलकुद