STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईपीएल अक्सनमा सन्दीप बिकेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २९, शनिबार

माघ २९, काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको मेगा अक्सनमा अनसोल्ड रहेका छन् । स्पीनर्स अनक्याप्ड समूहमा रहेका उनीमाथि आईपीएलका १० वटै फ्रेन्चाइजीले रुची देखाएनन् ।

२०१८ मा पहिलो पटक आईपीएलमा सन्दीपले बेस प्राइज २० लाख भारुमा दिल्ली क्यापिटल्सका लागि खेलेका थिए । सन्दीपले आईपीएलका ९ खेलमा १३ विकेट लिएका छन् । २०२१ मा दिल्लीले सन्दीपललाई रिलिज गरेको थियो । त्यो बेला पनि उनी अनसोल्ड रहेका थिए ।

यो पटक बेस प्राइज ४० लाख भारु राखेका सन्दीप अनसोल्ड रहेका हुन् । आइतबार दोस्रो चरणको अक्सनमा उनलाई कुनै टिमले लिने सम्भावना भने जीवितै छ ।

Categorized in खेलकुद