STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फिफा वरीयतामा नेपाल १६७ औँ स्थानमा

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २७, बिहिबार

माघ २७, काठमाडौं - नेपाली फुटबलको फिफा वरीयतामा सुधार भएको छ । २ स्थान सुधारपछि नेपाल १६७ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १६९ औँ स्थानमा थियो ।

नेपालले हालै घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी मुलुक मौरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । दुबैमा नेपाल विजयी भएको हो ।

मौरिससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाएको जितले नेपालको फिफा वरीयतामा सुधार भएको हो । मौरिसससँगको पहिलो खेलमा विमल घर्तीमगरको एक गोल नै निर्णायक बनेको थियो । यस्तै दोस्रो खेलमा पनि एकमात्र गोल नेपालका सुजल श्रेष्ठले गरेका थिए ।

Categorized in खेलकुद