STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मौरिससमाथि नेपालको ऐतिहासिक जित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १५, शनिबार

माघ १५, काठमाडौं - काठमाडौंस्थित दशरथ रंगशालामा भएको मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हात पारेको छ । नेपालले १-० गोल अन्तरले मौरिससलाई पराजित गरेको हो ।

नेपालको जितमा लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका स्ट्राइकर विमल घर्तीमगरले खेलको ५४औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेको थियो ।

कोरोनाका कारण दर्शकहरू मुखमा मास्क लगाएर रंगशाला पुग्दा ज्वरो नापेरमात्र भित्र जान पाएका थिए । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर रंगशाला पुगेका दर्शकलाई नेपाली खेलाडीले जितको उपहार दिए ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थप भएको अतिरिक्त समयको तेस्रो मिनेटमा खेल सकिएको सिट्ठी बज्दा नेपाली दर्शकहरूले हुटिङ गरेर नेपाली खेलाडीको सम्मान गरे ।

अफ्रिकी मुलुकलाई घरेलु मैदानमा पराजित गरेको गौरवपूर्ण इतिहास रचेको छ । नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको टिमलाई पराजित गरेको हो । नेपालले फिफा वरीयताको १६९औँ स्थानमा छ भने मौरिसस १४७औँ स्थानको टिम हो ।

Categorized in खेलकुद