STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिकेट विवाद समाधानतर्फ, क्यान र खेलाडीबीच सहमति

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

पुस १८, काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीबीच सहमति भएको छ ।

क्यानले मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई कारबाही गरेको थियो चार खेलाडीमाथि कारबाही भएपछि १४ जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन् । त्यसपछि क्यानले खेलाडीसँग छलफल गरेको हो ।

छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा मुख्य प्रशिक्षक पुबुदु दासानायके सहभागी थिए भने खेलाडीका तर्फबाट ज्ञानेन्द्र मल्ल सहभागी थिए ।

छलफलपछि असन्तुष्ट खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएको क्यान स्रोतले जानकारी दिएको छ । त्यस्तै कप्तानमा सन्दीप लामिछानेले नै निरन्तरता पाउने भएका छन् । त्यस्तै मल्लसहितका चार खेलाडीमाथि लगाइएको सेन्ट्रल कन्ट्र्याक्टमाथिको ६ महिने प्रतिबन्ध फुकाउन क्यान सहमत भएको छ ।

Categorized in खेलकुद