STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेसीलाई कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १८, आइतबार

पुस १८, एजेन्सी - विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।

मेसीसँगै अन्य तीन खेलाडी सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् ।

मेसीलाई कोरोना संक्रमण पुष्टि भएको उनी आबद्ध फुटबल क्लब पीएसजीले नै जानकारी दिएको छ ।

सङ्क्रमण पुष्टि भएसँगै मेसीले अहिले तत्कालका लागि तय भएका खेलहरू गुमाउने भएका छन् ।

उनीसँगै सङ्क्रमित भएका उनका अन्य तीन सहकर्मीहरूले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरूले जनाएका छन् ।

Categorized in खेलकुद