STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेस्ट फिफा अवार्डका लागि मेस्सी, लेवान्डोस्की र सलाह मनोनयनमा

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

२४ पुस, एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फिफाले सार्वजनिक गरेको यसपालीको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डिओला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

वर्ष गोलरक्षक अवार्डका लागि जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर, चेल्सीका इडुवार्ड मेन्डी र पिएसजीका जियानलुगी डोनररुम्मा परेका छन् । त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा छन् ।

विजेताको घोषणा १७ जनवरीमा हुनेछ ।

Categorized in खेलकुद