STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्यानले मल्ललगायतलाई अनुबन्धन बाहिर राख्ने निर्णय फिर्ता लियाे

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १४, शुक्रबार

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि अनुबन्धनबाट बाहिर राख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । क्यानको बिहीबार बसेको बैठकले यसअघिको निर्णय फिर्ता लिने निर्णय गरेको हो । 

क्यानले गुलशन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यस्तै क्रिकेटर ललितनारायण राजवंशीको उपचारका लागि एक लाख पचार हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ । 

क्यानले आफ्नो साधारणसभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णयसमेत गरेको छ । यस्तै अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा ५ सदस्यीय कार्य सम्पादन समिति गठन पनि गरिएको छ । यस्तै क्यानले छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरीलाई चयन गरेको छ । 

Categorized in खेलकुद