STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

काठमाडौं - श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

साेमबार भएकाे खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ , रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् ।

Categorized in खेलकुद