STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडौं - श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।

शुक्रबार भएको समूह ‘बी’को खेलमा नेपालले भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको हो । यसअघि आफ्नो पहिलो खेलमा नै भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । भुटानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

नेपाल समूह ‘बी’को विजेता भएसँगै भारत पराजित भए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । खेलको सुरुमै गोल खाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । नेपालको जितमा सरोज दर्नामी, युनेश बुढाथोकी र सुवास बमले गोल गरे । भारतका ड्यामी मेइटीले गोल गरेको थिए ।

खेलको २५औँ मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई अग्रता दिलाए । तर, खेलको ४५औँ मिनेटमा सरोजले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरी दिलाए । दोस्रो हाफमा नेपालले दुई गोल थप्यो । ४९औँ मिनेटमा युनेशले र ६८ औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए ।

Categorized in खेलकुद