STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर काठमाडाैं आइपुगे

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २९, आइतबार

काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् ।

उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलबाट बाहिरिँदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरेर काम गर्ने प्रतिक्रिया दिए ।

प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरुभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताए । आफूले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै उनले अन्तराष्ट्रिय स्तरको टिम बनाउन सक्दो मिहिनेत गर्ने बताए ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।

Categorized in खेलकुद