STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीपलाई निलम्बन गर्ने क्यानको तयारी, इन्टरपोलको सहयाेगमा नियन्त्रणमा लिइने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २२, बुधबार

काठमाडौं‍ - नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेको थियो ।

सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदैछन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।

उनले भने, ‘सन्दीपको विषयमा मात्रै होइन, अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियमअनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको बयान दिएकी थिइन् ।

इन्टरपोलको सहयोगमा सन्दिपलाई नियन्त्रणमा लिइने

यसैगरी नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।

प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।

डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’

डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्दीप माथि भदौ ५ गते एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।

६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज उडेका थिए ।

Categorized in खेलकुद