
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट हुने
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३०, सोमबार
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरू हुने भएको छ ।
बङ्गलादेशविरूद्दको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् ।
कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङ, लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा भने अटाएका छैनन् । नेपालले आगामी असोज ११ गते दशरथ रंगशालामा बङ्गलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने छ ।
Categorized in खेलकुद