STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमाथिको ऐतिहासिक जितपछि नेपाल फाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १, शनिबार

 काठमाडौं - भारतमाथिको ऐतिहासिक जितपछि काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जितसहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश ग¥यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नु पर्ने समिकरण बनेको छ ।

बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भूटानमाथि ८–० को फराकिलो जित निकाल्दा अन्तिम दुईमा स्थान बनाउँदा छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने निश्चित भएको छ । यस अघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो । सोमबार हुने प्रतिस्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो ।

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ । सोमबार हुने फाइनल खेलबाट नेपाली टोली घरेलु भूमिमा आयोजना हुन लागेको प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

भारतमाथि रोमाञ्चक जित दिलाएका प्रशिक्षमा कुमार थापाले खेलपछिको पत्रकार सम्मेलनमा उपाधि दिलाउँदै नेपाली जनतलाई खुसी दिलाउने उद्घोष गरेका छन् । प्रशिक्षक थापाले भने जस्तो सोमबारको फाइनल नेपाली टोलीका लागि सहज भने हुने छैन । नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगीको समस्या देखिएको छ ।

साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारम नेपाल भन्दा समिकरणको हिसाबमा बलियो देखिएको छ । बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो । यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भूटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो । बंगलादेशले चार खेलमा कुल २० गोल गरेको छ ।

बंगलादेशकी सविना खातुनले जारी प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दा बंगलादेशकै लागि ४ गोल गर्ने मोसामत सिरात जहान सोपानको दोस्रो नम्बरमा रहेकी छिन् ।

उता बंगलादेशसँग भेट पक्का गरेको नेपालले पहिलो खेलमा भुटानविरुद्ध ४–०, दोस्रो खेलमा श्रीलंकाविरुद्ध ६–० र सेमिफाइनलमा भारतविरुद्ध १–० को जित निकालेको छ । नेपालले ३ खेल खेल्दा ११ गोल गर्न सफल भएको छ । नेपाली टोलीका अनुभवि खेलाडी सावित्रा भण्डारी अस्वथताका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् ।

सोमबार हुने फाइनलमा सावित्राको उपस्थिति अन्योल बनेको छ । जुन नेपालका लागि टाउको दुखाई बनेको छ । घरेलु मैदानमा नेपालले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्दा दोस्रो अवसर हुनेछ । यसअघि विराटनगरमा भएको फाइनलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

तर यो संस्करणमा नेपालको प्रतिद्वन्द्वी भारत भन्दा अर्को टोली आएको छ । अघिल्ला चार संस्करणमा तगारो बन्दै आएको भारत सेमिफाइनलबाटै बाहिरिँदा २०१६ मा उपविजेता बंगलादेश प्रतिद्वन्द्वी मिलेको हो । यस अघिका संस्करणमा नेपाल र बंगलादेश तीन पटक आमने सामने भएका छन् ।

सबै भेटमा नेपालले सुखद नतिजा निकालेको छ । २०१० को पहिलो भेटमा नेपालले बंगलादेशलाई ३–० ले पक्षमा पार्दा २०१४ दोस्रो भेट नेपालले १–० र २०१९ को भेटमा पनि नेपालले ३–० को जित निकालेको थियो ।

Categorized in खेलकुद