STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिकेट कप्तान लामिछानेविरुद्ध जबरजस्ती करणी आरोप

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २२, बुधबार

काठमाडौँ -  राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् ।

मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । तर, प्रहरी अधिकारीहरूले औपचारिक रूपमा यसबारे बोल्न चाहेका छैनन् । प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण संकलनको प्रक्रिया अघि बढाएको छ ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बलात्कार गरेको पीडितका भनाइ छ ।

प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लाे दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए ।

त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताएको बताइएको छ ।

होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।

उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बलात्कार गरेको प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ ।

प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।

सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन् । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् ।

Categorized in खेलकुद