STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

केन्याविरुद्ध एकदिवसीय सिरिज नेपालले जित्यो

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १८, शनिबार

काठमाडौं - घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो ।

यससँगै नेपालले एक खेल अगावै सिरिज २–० ले जितेको हो । पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । दुई टोली बीचको अन्तिम खेल सोमबार हुनेछ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो । 

जितका लागि नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा सवै विकेटको क्षतिमा २१३ रनमा समेटिएको थियो । केन्याका लागि रकिप पटेलले ८१ रन बनाउनुभयो । कोलिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८ र गेरार्ड मुथुईले २० रन बनाए ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक एक विकेट विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनाएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ६७ रन बनाउनु भएका रोहितले ९५ बलमा सात चौकाको सहयोमा उक्त रन बनाएका हुन । देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसी ११ रन बनाए ।

बलिङमा केन्याका भिराज पटेल र शेम एन्गोचे दुई दुई विकेट लिए । नेहिमिह ओधियाम्बोले लुकास एन्डान्डासन, जेरार्ड मुथुइ र रकिब पटेलले एक एक विकेट लिए।

फाइल तस्बिर

Categorized in खेलकुद