STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २१, शुक्रबार

काठमाडौं‍- नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरू गरेको थियो । 

तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिबेला उनी जमैकामा क्यारेबियन प्रिमियर लीग खेल्नका लागि पुगेका थिए । तर नेपालमा आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दीप लीग छाडेर निस्केका थिए । 

 

कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका थिए । नेपालको विमानस्थलबाट बाहिर निस्किए लगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । अब प्रहरीले सु?मा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरू गर्नेछ ।

Categorized in खेलकुद