Swonti ADV Yen Mahanagarpalika Header
janswastha 11 11 78

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १६, आइतबार

काठमाडौं - बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किदै छन् । लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गर्दै आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि  गरेका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

केही समय सम्पर्कविहीन भएका लामिछानेले  आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए ।उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् ।

Categorized in खेलकुद
STC 810x100 adv