STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २७, आइतबार

एजेन्सी - इङ्गल्याण्डले दोस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इङ्गल्याण्डले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको हो ।

पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङल्यान्डले १९ ओभरमै पाँच विकेटको क्षतीमा पूरा गरेको थियो । जसका लागि इङल्यान्डका बेन स्टोक्सले अविजित ५२ रन बनाएका थिए । त्यस्तै कप्तान जस बट्लरले २६ रनको योगदान गरे, भने ह्यारी ब्रुकले २० रन जोडे ।

पाकिस्तानका हरिस रौफले २ तथा साहिन शाह अफ्रिदी र सडाब खानले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएका थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोड्दा कप्तान बाबर आजमले ३२ रन जोडे । त्यस्तै शादव खानले २० रनको योगदान गर्दा मोहमद रिजवानले १५ रनको योगदान गरे ।

यता इंग्ल्यान्डका साम करनले ३, क्रिस जोर्डन र आदील राशिदले दुर्ई दुई र बेन स्टोक्सले एक विकेट लिए । इङल्यान्डले ट्वान्टी–२० विश्वकपको यो दोस्रो उपाधि हो । सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको इङल्यान्ड सन् २०१६ माभने वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

Categorized in खेलकुद