STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकपकाे लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ३, आइतबार

फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।

कतारको लुसैल रंगशालामा आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले क्रोएशियालाई ३-० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

अर्जेन्टिना र फ्रान्स चौथो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघि भएका तीन वटा प्रतिस्पर्धामा दुई वटा अर्जेन्टिनाले जितेको छ भने एउटा फ्रान्सले जितेको छ।

सन् २०१८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९७८ र सन् १९३० मा समूह चरणमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो।गएराति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएशियाले तेस्रो स्थान हासिल गरेको छ।

Categorized in खेलकुद