STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र हलमा विश्वकप फुटबल देखाए कारबाही

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २३, शुक्रबार

काठमाडौं - चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ ।

चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।’’

Categorized in खेलकुद