STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साविक विजेता फ्रान्स सेमिफाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २५, आइतबार

काठमाडाैं - २०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल फर्काए ।

फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो । कतारको अल बेत रंगशालामा जारी खेलको १७औँ मिनेटमा फ्रान्सले गोल गरेको थियो । चौमेनीले गोल गर्दै फ्रान्सलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएका थिए ।

खेलको ५४औँ मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरी दिलाए । उनले पेनाल्टीबाट गोल गरे । खेलको ७८औँ मिनेटमा ओलिभियर जिरुडले हेडर गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । 

खेलको ८१औँ मिनेटमा इंग्ल्यान्डले फेरि पेनाल्टी पायो । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले इंग्ल्यान्डलाई पेनाल्टी दिएको थियो । मासन माउन्टलाई डिबक्सभित्र फ्रान्सका खेलाडीले लडाएपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका कप्तान केनले गोल गर्न सकेनन् । योसँगै इंग्ल्यान्डले २–२ गोलको बराबरी बनाउने मौका गुमायो । बाँकी समयमा इंग्ल्यान्डले गोल गर्न नसकेपछि फ्रान्ससँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

फ्रान्सले फाइनल प्रवेशका लागि मोरोक्कोसँग सेमिफाइनलमा खेल्नेछ ।

Categorized in खेलकुद