STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ७, बिहिबार

काठमाडौं - आसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटककाे  विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ ।

बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएर नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। तर, नेपालले उक्त चुनौती सामना गर्न असमर्थ रह्यो ।

नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २३८ रन मात्र बनाउन सफल रह्यो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए ।

खेलमा कुशल भुर्तेलले ५, भिम सार्की २, ओपनर आसिफ शेखले २८, कप्तान रोहित पौडेलले ३०, कुशल मल्ल २ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै नेपाललाई २ सय रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।

आसिफले ६३ रन बनाए । खेलको अन्तिम खेलाडी करण केसीले २८ रन बनाए । ललित राजवंशी १ बल खेली शून्यमा अविजित रहे ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका तर्फबाट शाइ होप र निकोलाश पूरनले शतक प्रहार गरे । ११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरमा क्याच आउट गरे। यस्तै, होपले १३२ रन जोडे ।

वेस्ट इन्डिजका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरमा आउट गरे । पावेलले २९ रन प्रहार गरे । जासन होल्डरले १६ रन जोडे।

बलिङतर्फ नेपालका लागि ललितले ३, करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए ।

Categorized in खेलकुद