STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एशियाली खेलकुद : कबड्डीपछि कराँतेमा पदक

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २२, सोमबार

काठमाडौँ - चीनको हान्झाउमा जारी १९ औं एशियाली खेलकुदमा नेपालले क्रिकेट खेलमा विश्व कीर्तिमान नै कायम गरी इतिहास रच्यो । पदक हात नपरे पनि एकै खेलबाट नेपालले आधा दर्जन बढी कीतिमान कायम गर्यो । थोरै बलमा अर्धशतक तथा शतक बनाउने विश्वकै अब्बल खेलाडी बने दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल । क्रिकेटमा मंगोलियासँगको चमत्कारी खेलेको नेपालले अन्य २ खेलमा पदक हात पारेको छ ।

१८ औं एशियाली खेलकुदसम्म नेपालले एक रजत पदकसहित २४ पदक हात पारेको थियो । चीनको हान्झाउ जारी १९ औं एशियाडका लागि नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी खेलाडी सहभागी छन् । सबै भन्दा महत्वपूर्ण त जारी एशियाडमा नेपाली क्रिकेट टोलीले भने मंगोलियासँगको खेलमा ऐतिहासिक खेल खेल खेल्दै विश्व क्रिकेटमै नेपालको कीर्तिमानी कायम गर्न सफल भयो । मंगोलियासँगको खेलमा दीपेन्द्र सिंह ऐरीले मात्र ९ बलमै अर्धशतकको विश्वकीर्तिमान बनाउँदा सोही खेलमा कुशल मल्लले थोरै बलमा शतक पार गरेर अर्को कीर्तिमान कायम राखेका थिए । क्रिकेटमा पदक हात पार्न नसके पनि नेपाली क्रिकेटको लागि यो सबैभन्दा ठूलो सफलता बन्न पुग्यो । यहि खेलले नेपालीहरुलाई खुशी तुल्यायो ।

१९ औं एशियाडमा २९ खेलमा भाग लिन भन्दै नेपालले २५३ खेलाडी सहभागी गराएकोमा नेपाल पदकविहिन भएर फर्किने डर भने महिला कबड्डी खेलाडीले मेटाइदिएका थिए । पहिलो पटक भाग लिएको लिएको महिला खेलाडीले पहिलो पदक दिलाएर नेपालको खाता खोलेका हुन् ।

यो भन्दा पनि अझ खुशी तुल्याउने गरी कराँतेमा एरिका गुरुङले रजत पदक दिलाएकी छन् । ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै फाइनल प्रवेश गरेकी उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अंकले पराजित भइन् । एरिकाले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १–१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् । १९ औं एशियाडमा नेपाललाई दोस्रो पदक दिलाउने एरिकाले यसअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितेरियो कराँते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ नेपाली खेलाडी सहभागी जारी एशियाडमा ४५ देशका १२ हजार ५ सय भन्दा बढी खेलाडी प्रतिष्पर्धामा रहँदा आयोजक चीन सबैभन्दा बढी पदकसहित पहिलो स्थानमा छ ।

चीनले अहिलेसम्म १ सय ९६ श्वर्णसहित ३७४ पदक हात पारेको छ भने जापान ४९ श्वर्णसहित १८० पदकसहित दोस्रो र ३९ स्वर्णसहित १८५ पदकका साथ दक्षिण कोरिया तेस्रो स्थानमा छ । २८ श्वर्णहित १०७ पदकसहित भारत अहिलेसम्म चौथो स्थानमा छ । एशियाडमा नेपाली महिला खेलाडीहरुको जितले नेपाललाई पदक तालिकाविहिन हुनबाट मुक्त गराएका छन् ।

Categorized in खेलकुद