STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बझाङ मतगणना : एमाले अग्रस्थानमै

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

काठमाडौं- बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। 

सुरुवातबाटै अग्रता कायम गरेका भण्डारीले हालसम्म १ हजार ५ सय ५ मत प्राप्त गरेका छन्। 

यसअघि दोस्रो स्थानमा रहेका नेपाली कांंग्रेसका अभिषेक सिंहलाई माओवादीका जनकबहादुर बुढाले उछिनेका छन्। 

माओवादीका बुढाले ९९५ मत ल्याउँदा कांग्रेसका सिंहले भने ९१८ मत प्राप्त गरेका छन्। 

त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७२ मत प्राप्त गरेका छन्, भने राप्रपाका किशोरकुमार खड्का १८ मतसहित पाचौँ स्थानमा रहेका छन्। 

हाल मतदान जारी रहेको छ। 

Categorized in राजनीति