STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १४, मंगलबार

काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ । 

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।  मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ ।

दीपेन्द्र सोमबार अभ्यास गर्नेक्रममा खेल अघि घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । उनले प्रतियोगिता नै गुमाउने सम्भावना बढेको छ ।  उनी घाइते भएपछि विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो । 

आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।  अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोली काठमाडौंमा खेलिरहेका छन् । प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

आइतबार हुने फाइनलमा स्थान सुरक्षित गर्न सके नेपालले इतिहासमै दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ । नेपाल यसअघि २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा छनोट भएर सहभागी भएको थियो ।

नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । अर्को समूहमा संयुक्त अरब इमिरेट्स यूएई, हङकङ, बहराइन र कुवेत छन् ।

Categorized in खेलकुद