STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्युजिल्यान्डलाई पराजित गर्दै भारतले उचाल्यो आईसीसी टी२० विश्वकप

Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २५, सोमबार

काठमाडौं - भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आइतबार आईसीसी टी२० विश्वकप २०२६ को उपाधि जितेको छ । ओपनर सन्जु सामन फेरि एकपटक ब्याटिङमा चम्किँदा बलिङमा जसप्रित बुमराहले ४ विकेट लिए ।

सन्जु सामसनसहित अभिषेक शर्मा र इशान किसनको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २५५ रन बनाएको थियो । शिभव दुवेले केमियो इनिङ्स खेल्दै ६ बलमा अविजित २६ रन बनाएका थिए । २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक ओभर अगावै १५९ रनमै अलआउट भयो । न्युजिल्यान्ड टिम सेफर्टले अर्धशतक (५२ रन) बनाउँदा जम्मा तीन खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन । भारतमा बुमराहले ४ ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै अक्षर पटेलले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

अहमदाबादस्थित विश्वकै ठूलो नरेन्द्र मोदी स्टेडियममा १ लाख २० हजार भन्दा बढी दर्शकको अगाडि भारतले लगातार दोस्रो पटक टी२० विश्वकप जित्दै समर्थकहरुका लागि खुशीको उपहार दिएको छ ।

Categorized in खेलकुद