STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक २६, बुधबार

भक्तपुरको सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

प्रतियोगिताको फाइनल खेलमा पाण्डुबजार फ्रेन्डसिप क्लबले उत्कृष्ट प्रदर्शन गर्दै गुमान्जु युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरी प्रथम स्थान प्राप्त गर्न सफल भएको हो।

त्यसैगरी, बालकोट ब्वाईज क्लबले छत्रपाल युवा क्लबलाई ७–० ले हराउँदै तृतीय स्थान हासिल गरेको छ।

विजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र मेडलद्वारा सम्मान गरिएको थियो।

पुरस्कारमा प्रथम पुरस्कार: नगद रु. २०,०००, ट्रफी र मेडल, द्वितीय पुरस्कार: नगद रु. १५,०००, ट्रफी र मेडल, तृतीय पुरस्कार: नगद रु. १०,०००, ट्रफी र मेडल, उत्कृष्ट खेलाडी: ट्रफी र नगद रु. ५,०००, नगर उत्कृष्ट गोलकिपर: ट्रफी र नगद रु. ५,००० रहेको छ ।

कार्यक्रमले नगरभित्रको खेलकुदको विकास, युवाहरूको सहभागिता र आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

Categorized in खेलकुद