STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाबाट फेरि १ को मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ४, सोमबार

 

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो ।

१ हजार ६ सय ३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । हाल संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम