STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ३, आइतबार

काठमाडौं– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दूरी काम गरी, अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम