STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ माघ १५, शनिबार

    भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको बुस्टर डोज

    माघ १५, काठमाडौं - सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड–...

  • २०७८ माघ १४, शुक्रबार

    थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि

    माघ १४, काठमाडौं - पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना...

  • २०७८ माघ १२, बुधबार

    थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

    माघ १२, काठमाडौं - पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४...

  • २०७८ माघ १२, बुधबार

    आजकाे बदली र वर्षाकाे सम्भावना

    माघ १२, काठमाडौं - देशभर आज (बुधबार) काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ । अहिले बिहान सुदूरपश्चिम  र गण्डकी...

  • २०७८ माघ ११, मंगलबार

    थप १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

    माघ ११, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७...

  • २०७८ माघ ११, मंगलबार

    टेकु अस्पतालमा खोप अभियान पुनः सुरु

    माघ ११, काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन् । उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु भएको हो । आइतबार...

  • २०७८ माघ ९, आइतबार

    नेपालमा ८८ प्रतिशत ओमिक्रोन

    ९ माघ, काठमाडौँ - नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय देखिएको छ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये २८ वटामा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट...

  • २०७८ माघ ९, आइतबार

    थप ६४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु

    ९ माघ, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा एक हजार चार सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ...

  • २०७८ माघ ९, आइतबार

    सोमबारसम्म हल्का वर्षा हुुने

    काठमाडौं, माघ ९ - आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र...

  • २०७८ माघ ७, शुक्रबार

    थप १० हजार ७०३ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं, माघ ७ - नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता मिश्रका अनुसार, काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना...

  • २०७८ माघ ६, बिहिबार

    उपत्यकामा एकैदिन थपिए ६ हजार ९ सय ८१ जना कोरोना संक्रमित

    काठमाडौं, माघ ६ - काठमाडौं उपत्यकामा थप ६ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमणमुक्त भएका...

  • २०७८ माघ ६, बिहिबार

    थपिए १२,३३८ जना कोरोना संक्रमित

    ६ माघ, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । आज मात्र २७ हजार बढीमा गरिएको कोरोना परीक्षणमा हालसम्मकै सर्वाधिक १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको...

Pages