STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ८, आइतबार

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए ।

हाल अरू दुई स्वास्थ्य आपत्काल छन् । एक, कोरोनाभाइरस महामारी र अर्को, पोलियो ।

Categorized in स्वास्थ्य-मौसम