STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ आश्विन ३१, आइतबार

    तीन दिन देशभर आंशिक बदली हुने

    ३१ असोज २०७८ / काठमाडौं - आगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको आन्द्र प्रदेश र ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा वर्षासमेत हुने विभागले जनाएको छ।  विभागका अनुसार प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै कर्णालीका केही स्थानमा...

  • २०७८ आश्विन २६, मंगलबार

    पूर्ण रूपमा बाहिरियो यो वर्षको मनसुन

    नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । सोमबार बेलुका पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनुसन बहिर्गमन भएको थियो । सोमबार भने समग्र भू–भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।  यस्तै आज देशभरको मौसममा सामान्यतया सफा...

  • २०७८ आश्विन १७, आइतबार

    कोभिसिल्डको दशलाख मात्रा ल्याउने तयारी

    काठमाडौं - भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए । दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ । उनले भने । ‘भारतले उपलब्ध गराउन बाँकी...

  • २०७८ आश्विन १४, बिहिबार

    उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जानकारी दिए । उपत्यकामा मङ्गलबारसम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् । उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो...

  • २०७८ भाद्र २७, आइतबार

    संक्रमण दर ९ प्रतिशतमा झर्‍यो

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । ११ हजार १८ जनाको परीक्षण गरिएको थियो । पछिल्ला दिनमा संक्रमितको संख्या ओरालो लागेको छ । कारण भने अहिले नै भन्न नसकिने बताउँछन्, मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल ।  ‘हिजो १० प्रतिशत थियो हिजो । आज ९ प्रतिशत छ संक्रमणदर । संक्रमितको संख्या ओरालाे लागेको छ तर कारण अहिले नै भन्ने स्थिति छैन,’ उनले भने । ...

  • २०७८ भाद्र २१, सोमबार

    काठमाडौं उपत्यकामा भारी वर्षा

    काठमाडौं- हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण उपत्याका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या...

  • २०७८ भाद्र २०, आइतबार

    दशैंसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारको दाबी

    काठमाडौं - आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताए । अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उनले बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले...

  • २०७८ भाद्र १३, आइतबार

    देशका अधिकांश स्थानमा भारी वर्षा हुँद‌ै

    काठमाडौं - मनसुन सक्रिय हुँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १...

  • २०७८ भाद्र १३, आइतबार

    पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्या‌कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय संक्रमित छन् । त्यस्तै आज दुई हजार दुई सय २२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना संक्रमण मुक्त भई घर...

  • २०७८ भाद्र ९, बुधबार

    ढिला भए पनि दोस्रो खोप प्रभावकारी : मन्त्रालय

    काठमाडौँ - सरकारले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको ९ महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलद्वारा आज आयोजित प्रेस विफ्रिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले पहिलो मात्रा खोप लगाएकाले दोस्रो मात्रा खोप लगाउन ढिलो भए पनि यसले राम्रो काम गरेको अध्ययनहरूले देखाएको बताए । यस्तै सरकारले करिब १ करोड १४ लाख डोज कोरोना विरुद्धको खोप...

  • २०७८ भाद्र ५, शनिबार

    जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौँ - जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार बिहान २ लाख ८ हजार ७ सय डोज खोप जहाजमार्फत काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभागका खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउनेछ । यसअघि ल्याइएको खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५...

  • २०७८ श्रावण ३२, सोमबार

    थप ३४५१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपाल ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा ६७७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...

Pages