स्वास्थ्य-मौसम
-
२०७८ माघ ९, आइतबार
नेपालमा ८८ प्रतिशत ओमिक्रोन
९ माघ, काठमाडौँ - नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय देखिएको छ । पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये २८ वटामा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट...
-
२०७८ माघ ९, आइतबार
थप ६४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु
९ माघ, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा एक हजार चार सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ...
-
२०७८ माघ ९, आइतबार
सोमबारसम्म हल्का वर्षा हुुने
काठमाडौं, माघ ९ - आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र...
-
२०७८ माघ ७, शुक्रबार
थप १० हजार ७०३ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु
काठमाडौं, माघ ७ - नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता मिश्रका अनुसार, काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना...
-
२०७८ माघ ६, बिहिबार
उपत्यकामा एकैदिन थपिए ६ हजार ९ सय ८१ जना कोरोना संक्रमित
काठमाडौं, माघ ६ - काठमाडौं उपत्यकामा थप ६ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमणमुक्त भएका...
-
२०७८ माघ ६, बिहिबार
थपिए १२,३३८ जना कोरोना संक्रमित
६ माघ, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । आज मात्र २७ हजार बढीमा गरिएको कोरोना परीक्षणमा हालसम्मकै सर्वाधिक १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको...
-
२०७८ माघ ६, बिहिबार
आज हल्का वर्षाकाे सम्भावना
काठमाडौं, माघ ६ - देशभर आज (बिहीबार)काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जारी गरेकाे सूचनामा उल्लेख छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा...
-
२०७८ माघ ५, बुधबार
पीसीआर परीक्षण मूल्य सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ
५ माघ, काठमाडौँ -सरकारले कोरोना परीक्षण शुल्कमा परिमार्जन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा एक हजार पाँच सय अधिकतम शुल्क निर्धारण गरिएको हो । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि एक हजार र निजीमा २ हजार रुपैयाँ तोकेको थियो। यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै घटाउन निर्देशन...
-
२०७८ माघ ५, बुधबार
बिहीबारदेखि पानी पर्ने र हिमपात हुने
५ माघ, काठमाडौँ - पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ । आज राति र भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र...
-
२०७८ माघ ५, बुधबार
उपत्यकामा ६ हजार र देशभर ११ हजार बढी संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ६ हजार २ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ४६६६, ललितपुरमा १०१९ र भक्तपुरमा ५७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको...
-
२०७८ माघ ५, बुधबार
खोप कार्ड हराएमा प्रतिलिपि कसरी पाउने ?
५ माघ, काठमाडौँ - खोप कार्ड हराएकाहरुलाई स्वास्थ्य मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ। जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको...
-
२०७८ माघ ४, मंगलबार
"बालबालिका र अशक्तलाई घरमै पुगेर खोप लगाइदिनू"
माघ ४, काठमाडौं - संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि खोप अनिवार्य रहेको बैठकले निष्कर्ष निकालेको छ । छिटोभन्दा छिटो सबै नागरिकलाई...


