STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए १२,३३८ जना कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ६, बिहिबार

६ माघ, काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ ।

आज मात्र २७ हजार बढीमा गरिएको कोरोना परीक्षणमा हालसम्मकै सर्वाधिक १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ६३२ पुगेको छ ।

आजै ६४९ जना संक्रमणमुक्त भएका छन् । हालदेशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् । आज थप २ लाख ३४ हजार २१४ जनाले कोभिड खोप लगाएका छन् ।

Categorized in स्वास्थ्य-मौसम