STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज हल्का वर्षाकाे सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ६, बिहिबार

काठमाडौं, माघ ६ - देशभर आज (बिहीबार)काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे माैसमविद्ले जानकारी दिएका छन् । विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको

Categorized in स्वास्थ्य-मौसम