STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ मङ्सिर २८, मंगलबार

    चीनमा पनि देखियाे ओमिक्राेन भेरिएन्ट

    २८ मंसिर, एजेन्सी - चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टीनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ । पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा...

  • २०७८ मङ्सिर २३, बिहिबार

    पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

    २३ मंसिर, काठमाडौं - १२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि विद्यालयमै मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २...

  • २०७८ मङ्सिर २२, बुधबार

    विद्यार्थीको लागि विद्यालयमै खोप केन्द्र

    मंसिर २२, २०७८ - सरकारले विद्यार्थीको लागि लक्षित गरेर विद्यालयमै खोप केन्द्र राख्ने भएको छ । मोडर्ना र फाइजरको खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने सरकारको तयारी छ । ‘१२ देखि १८ वर्षसम्मका लगि विद्यालयमै खोप केन्द्र राख्ने तयारी छ,’ परिवार कल्याण महाशाखाका प्रमुख डा‍. विवेककुमार लालले भने । विद्यार्थीका लागि लगाइने कोरोना भाइरसविरुद्धको मोडर्नाकाे १४ लाख ९७ हजार डोज खोप बिहीबार नेपाल...

  • २०७८ मङ्सिर २२, बुधबार

    नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त

    नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ र ७१ वर्षका दुवै विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको छ ।  स्वास्थ्य मन्त्रालयले अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पीसीआर रिपोर्ट...

  • २०७८ मङ्सिर २०, सोमबार

    नेपालमा भेटियाे कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

    नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।  मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे बताए ।  उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी...

  • २०७८ मङ्सिर ११, शनिबार

    तीव्ररुपमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : सर्तकता अपनाउन आग्रह

    काठमाडौं: -दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको छ। यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।  यसै क्रममा नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो। भेरियन्टको...

  • २०७८ मङ्सिर ८, बुधबार

    विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी

    ८ मंसिर, काठमाडौं - सरकारले सबै विद्यार्थीलाई विद्यालयमै खोप दिने व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका थिए। छलफलका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका...

  • २०७८ मङ्सिर ६, सोमबार

    १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने

    ६ मंसिर, काठमाडौँ - सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरस विरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए । उहाँले यसअघि...

  • २०७८ मङ्सिर ५, आइतबार

    काठमाडौंमा बालबालिकालाई फाइजर खोप

    काठमाडौं, मंसिर ५ - कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।...

  • २०७८ कार्तिक २३, मंगलबार

    देशभरको तापक्रम घट्दै

    २३ कार्तिक, काठमाडौं - नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी...

  • २०७८ कार्तिक २२, सोमबार

    स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मान्छेको मृत्यु

    २२ कार्तिक, पोखरा - पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी...

  • २०७८ कार्तिक १७, बुधबार

    थप ४४७ मा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

    १७ कात्तिक, काठमाडौं - पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ हजार ५ सय ७७ को पीसीआर र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । सोही अवधिमा ४ सय ३९ जना...

Pages