STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ श्रावण १६, शनिबार

    २४ घण्टामा थपिए ३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

  • २०७८ श्रावण १५, शुक्रबार

    आज सिसीएमसीको बैठक बस्दै

    काठमाडौं - सिसीएमसी निर्देशक समितिको बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारमा आज अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर फेरि बढ्दै गइरहेको बेला सिसीएमसी निर्देशक समितिको बैठक बस्न लागेको जनाइएको छ ।

  • २०७८ श्रावण १३, बुधबार

    थपिए ३८ सय संक्रमित, थप ३५ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् भने थप ३३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि...

  • २०७८ श्रावण १२, मंगलबार

    संक्रमित बढ्दै, थपिए ३८९९ जना संक्रमित

    काठमाडौं - नेपालमा काेराेना संक्रमितको संख्या बिस्तारै बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ...

  • २०७८ श्रावण ११, सोमबार

    असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी असोज १५ देखि तेस्रो लहर आउन सक्ने उल्लेख छ ।   ‘कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा तेस्रो लहर सम्भवत: असोज १५ देखि मंसिर महिनाको बीचमा फेरि आउन सक्छ । यद्यपि भेरियन्टको...

  • २०७८ श्रावण ११, सोमबार

    २४ घण्टामा थपिए ३४२१ संक्रमित, २५ को मृत्यु

    नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा १७ हजार २ सय ७२ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेनबाट ५ हजार ३२ को परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...

  • २०७८ श्रावण ११, सोमबार

    खोपको सुनिश्चितता अहिलेको आवश्यकता : राज्यमन्त्री श्रेष्ठ

    काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चाँडै नै सेवामूलक अस्पताल खोल्ने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९को वर्तमान स्थिति र सम्भावित तेस्रो लहरको सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले कोभिडको महामारीमा समेत जनताले चर्को शुल्कमा उपचार गर्नु परिरहेको भन्दै कम शुल्कमा बढी सेवा दिने खालको अस्पताल खोल्ने आफ्नो चाहना रहेको बताए ।...

  • २०७८ श्रावण १०, आइतबार

    थपिए २२ सय ३७ जना संक्रमित, काठमाडौंमा मात्रै ६२४ जना

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४६८, ललिपुरका ८९ र भक्तपुरमा ६७ जनामा कोरोना पुष्टि भएको छ ।   यस्तै,...

  • २०७८ श्रावण १०, आइतबार

    सोमबारबाट मनसुन सक्रिय हुने

    काठमाडौँ - सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई...

  • २०७८ श्रावण १०, आइतबार

    बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी

    मकवानपुर - वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उनले सो जानकारी दिएका हुन् । लिच्छवि र मल्लकालीन सम्पदा पुनः निर्माणका लागि...

  • २०७८ श्रावण ९, शनिबार

    थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

    नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४२१, ललिपुरका १०८ र भक्तपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जनाको...

  • २०७८ श्रावण ८, शुक्रबार

    थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    काठमाडौं - नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १३ हजार ६९८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १...

Pages