STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ जेठ १७, सोमबार

    आज देशभर बदली, बागमती प्रदेशमा भारी वर्षा हुने

    मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश...

  • २०७८ जेठ १६, आइतबार

    कोरोना सङ्क्रमण र मृत्युदर घट्दै

    काठमाडौँ - पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ । यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७...

  • २०७८ जेठ १६, आइतबार

    थप ४३६९ जनामा संक्रमण, ६२०५ जना संक्रमणमुक्त

    काठमाडौं - पछिल्लो २४ घन्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।  विभिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय संक्रमित १ लाख ८ हजार ८९७...

  • २०७८ जेठ १४, शुक्रबार

    एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभर झरी पर्ने

    काठमाडौं - देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ । नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी,...

  • २०७८ जेठ १४, शुक्रबार

    ९,८४१ संक्रमणमुक्त हुँदा ६,९५१ जना संक्रमित थपिए

    काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी...

  • २०७८ जेठ १४, शुक्रबार

    मौसम : आज केही स्थानमा भारी वर्षा हुने

    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै ती क्षेत्रमा उच्च बेगको हावाहुरी चल्ने तथा केही स्थानमा अती भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यास् (YAAS) चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर बनेको न्यून चापीय क्षेत्रको प्रभाव...

  • २०७८ जेठ १३, बिहिबार

    यास चक्रवातको आंशिक प्रभाव आज पनि रहने, देशभर बदली हुने

    हाल नेपालको मौसममा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशका अधिकांश स्थानमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज देशभर बदली रहने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीलगायत प्रदेशका केही...

  • २०७८ जेठ १२, बुधबार

    थपिए ६७१४ संक्रमित, उपत्यकामा संक्रमित घट्दै

    नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ३० नमुना पीसीआर विधिबाट र ३२२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । पीसीआर गर्दा ६ हजार ६७७ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै आज १४५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ भने ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।...

  • २०७८ जेठ १२, बुधबार

    छत्रपाटीमा कोभिड विशेष अस्पताल सञ्चालन

    काठमाडौँ महानगरपालिकाको सहयोगमा छेत्रपाटी निःशुल्क चिकित्सालयले बुद्ध बार देखि विशेष कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगरपालिका र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरपालपकाले पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७०० र  सञ्चालन खर्चबापत मासिक करीब रु ४८ लाख १६ हजार ६००...

  • २०७८ जेठ ११, मंगलबार

    ८६३६ कोरोना संक्रमित थपिए, १६९ को मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय...

  • २०७८ जेठ ११, मंगलबार

    कोरोना उपचारमा थप ३१ अर्ब ६० करोड ऋण

    काठमाडौँ - कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए। यसअघि नै कोभिड १९...

  • २०७८ जेठ १०, सोमबार

    थपिए ७४२५ संक्रमित, १८५ जनाको मृत्यु

    नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षण थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी २ हजार ७८५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना कोरोनाका नयाँ...

Pages