स्वास्थ्य-मौसम
-
२०७८ श्रावण ११, सोमबार
२४ घण्टामा थपिए ३४२१ संक्रमित, २५ को मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा १७ हजार २ सय ७२ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेनबाट ५ हजार ३२ को परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...
-
२०७८ श्रावण ११, सोमबार
खोपको सुनिश्चितता अहिलेको आवश्यकता : राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चाँडै नै सेवामूलक अस्पताल खोल्ने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९को वर्तमान स्थिति र सम्भावित तेस्रो लहरको सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले कोभिडको महामारीमा समेत जनताले चर्को शुल्कमा उपचार गर्नु परिरहेको भन्दै कम शुल्कमा बढी सेवा दिने खालको अस्पताल खोल्ने आफ्नो चाहना रहेको बताए ।...
-
२०७८ श्रावण १०, आइतबार
थपिए २२ सय ३७ जना संक्रमित, काठमाडौंमा मात्रै ६२४ जना
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४६८, ललिपुरका ८९ र भक्तपुरमा ६७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै,...
-
२०७८ श्रावण १०, आइतबार
सोमबारबाट मनसुन सक्रिय हुने
काठमाडौँ - सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई...
-
२०७८ श्रावण १०, आइतबार
बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी
मकवानपुर - वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उनले सो जानकारी दिएका हुन् । लिच्छवि र मल्लकालीन सम्पदा पुनः निर्माणका लागि...
-
२०७८ श्रावण ९, शनिबार
थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४२१, ललिपुरका १०८ र भक्तपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १६ जनाको...
-
२०७८ श्रावण ८, शुक्रबार
थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
काठमाडौं - नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १३ हजार ६९८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १...
-
२०७८ श्रावण ६, बुधबार
काठमाडौंमा १८ वर्षभन्दा माथिकाले जोन्सन एण्ड जोन्सनको खोप पाउने
काठमाडौं - काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको हो । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा...
-
२०७८ श्रावण ४, सोमबार
जोन्सन एन्ड जोन्सन खोप आजदेखि लगाइँदै, प्रधानमन्त्रीले स्थलगत अनुगमन गर्ने
सरकारले आजदेखि देशभर कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउने भएको छ । खोप पुग्न बाँकी रहेका जिल्लाबाहेकमा यो अभियान सञ्चालन हुनेछ । यो खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले नेपाललाई उपलब्ध गराएको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लाए पुग्ने बताइएको छ । सरकारले यो खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका...
-
२०७८ आषाढ ३१, बिहिबार
२६७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।
-
२०७८ आषाढ २९, मंगलबार
दुई फरक कोरोना भ्याक्सिन प्रयोग गर्नु खतरनाक : डब्लूएचओ
विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले दुई फरक कम्पनीका कोरोना भ्याक्सिन पहिलो र दोस्रो डोजका रूपमा प्रयोग गर्नु खतरनाक हुने चेतावनी दिएका छन् । डब्लूएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले यसलाई एउटा घातक ट्रेन्ड भनेकी छन् । यसरी अलग–अलग खोप लिँदा त्यसको परिणाम के हुन्छ, अहिलेसम्म डब्लूएचओले कुनै विवरण बाहिर ल्याएको छैन । एक अनलाइन ब्रिफिङमा स्वामीनाथनले भनिन्, ‘धेरै मानिसले हामीलाई...


