STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ श्रावण ६, बुधबार

    काठमाडौंमा १८ वर्षभन्दा माथिकाले जोन्सन एण्ड जोन्सनको खोप पाउने

    काठमाडौं - काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको हो । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा...

  • २०७८ श्रावण ४, सोमबार

    जोन्सन एन्ड जोन्सन खोप आजदेखि लगाइँदै, प्रधानमन्त्रीले स्थलगत अनुगमन गर्ने

    सरकारले आजदेखि देशभर कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउने भएको छ । खोप पुग्न बाँकी रहेका जिल्लाबाहेकमा यो अभियान सञ्चालन हुनेछ । यो खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले नेपाललाई उपलब्ध गराएको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लाए पुग्ने बताइएको छ । सरकारले यो खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका...

  • २०७८ आषाढ ३१, बिहिबार

    २६७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं  - पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

  • २०७८ आषाढ २९, मंगलबार

    दुई फरक कोरोना भ्याक्सिन प्रयोग गर्नु खतरनाक : डब्लूएचओ

    विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले दुई फरक कम्पनीका कोरोना भ्याक्सिन पहिलो र दोस्रो डोजका रूपमा प्रयोग गर्नु खतरनाक हुने चेतावनी दिएका छन् । डब्लूएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले यसलाई एउटा घातक ट्रेन्ड भनेकी छन् । यसरी अलग–अलग खोप लिँदा त्यसको परिणाम के हुन्छ, अहिलेसम्म डब्लूएचओले कुनै विवरण बाहिर ल्याएको छैन । एक अनलाइन ब्रिफिङमा स्वामीनाथनले भनिन्, ‘धेरै मानिसले हामीलाई...

  • २०७८ आषाढ २७, आइतबार

    थप १८३१ जनामा कोरोना पुष्टि, २० को मृत्यु

    नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

  • २०७८ आषाढ २७, आइतबार

    ५५ वर्षमाथिकालाई जोन्सन एण्ड जोन्सन खोपमा प्राथमिकता

    सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आइपुग्यो । सोही दिन नै खोप प्रदेश प्रदेशमा पुर्‍याइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप हेटौँडा, बुटवल र पोखरा पुर्‍याइएको छ । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप पनि नेपाल आउँदै छ । खोप प्राप्ति भएसँगै कुन उमेर समूह र कसलाई लगाउने भन्नेमा स्वास्थ्य मन्त्रालयले...

  • २०७८ आषाढ २६, शनिबार

    थप २१६९ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप १४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

  • २०७८ आषाढ २६, शनिबार

    राजदूत डा. शाक्यको पहलमा भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

    ईजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा ईजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ । स्वास्थ्य सामाग्री तथा उपकरण लिन ईजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित बिहीबार विहान ११ः १० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ । विमानस्थलमा...

  • २०७८ आषाढ २६, शनिबार

    नेपालमा ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख डोज खोप आउने

    काठमाडौँ - आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’ अन्तर्राष्ट्रिय समाचार...

  • २०७८ आषाढ २४, बिहिबार

    १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २९ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५३७४ पीसीआर परीक्षण गर्दा १२१८ जना र ५१३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १२८६ जना निको भएका छन् ।

  • २०७८ आषाढ २४, बिहिबार

    आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । आज राति देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका...

  • २०७८ आषाढ २३, बुधबार

    देशभर २९७९ कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ नमुनाको पीसीआर गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ को रिपोर्ट पोजिटिभ आएको छ ।...

Pages