STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ कार्तिक १३, शनिबार

    थप ३७२ जनामा कोरोना पुष्टि

    कात्तिक १३, २०७८ - नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप ३७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।  उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११ जनाको...

  • २०७८ कार्तिक ११, बिहिबार

    थप ५९१ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

    ११ कात्तिक, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् । बिहीबार...

  • २०७८ कार्तिक ४, बिहिबार

    पानी पार्ने प्रणाली बाहिरियो, मुलुकभरको मौसममा सुधार

    कात्तिक ४, २०७८ - नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन ।  भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले ३१ असोज देखि ३ कात्तिकसम्म नै भारी वर्षा गराएको...

  • २०७८ कार्तिक ३, बुधबार

    आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    ३ कात्तिक २०७८ - काठमाडौं - केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । आज (बुधबार) पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि...

  • २०७८ कार्तिक २, मंगलबार

    आज मुलुकभर बाढी पहिरोले ६ जनाको मृत्यु

    काठमाडौं - अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर मंगलबार देशभर ६ जनाको मृत्यु भएको छ। साथै ५ जना घाइते भएका गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पहिरोले ४ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 'विगत ३ दिनदेखि परेको अविरल वर्षाको कारण देशका कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा,...

  • २०७८ कार्तिक २, मंगलबार

    आजकाे हिमपातसहित भारी वर्षाकाे सम्भावना

    देशभर आजको मौसममा पनि सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १, प्रदेश २,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूका साथै बागमती र गण्डकीका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना...

  • २०७८ कार्तिक १, सोमबार

    आज केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    २०७८ सोमबार, कात्तिक १ - आज दिउँसो देशभर बदली भइ केही स्थानमा पानी पर्नेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, २ र बागमतीका केही स्थानमा मेघ गर्जनसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा हुने र बाँकी हिमाली भू-भागका केही स्थानमा हल्का...

  • २०७८ आश्विन ३१, आइतबार

    तीन दिन देशभर आंशिक बदली हुने

    ३१ असोज २०७८ / काठमाडौं - आगामी तीन दिन देशभरको मौसम आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको आन्द्र प्रदेश र ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकका केही स्थानमा वर्षासमेत हुने विभागले जनाएको छ।  विभागका अनुसार प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै कर्णालीका केही स्थानमा...

  • २०७८ आश्विन २६, मंगलबार

    पूर्ण रूपमा बाहिरियो यो वर्षको मनसुन

    नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । सोमबार बेलुका पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनुसन बहिर्गमन भएको थियो । सोमबार भने समग्र भू–भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।  यस्तै आज देशभरको मौसममा सामान्यतया सफा...

  • २०७८ आश्विन १७, आइतबार

    कोभिसिल्डको दशलाख मात्रा ल्याउने तयारी

    काठमाडौं - भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए । दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ । उनले भने । ‘भारतले उपलब्ध गराउन बाँकी...

  • २०७८ आश्विन १४, बिहिबार

    उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जानकारी दिए । उपत्यकामा मङ्गलबारसम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् । उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो...

  • २०७८ भाद्र २७, आइतबार

    संक्रमण दर ९ प्रतिशतमा झर्‍यो

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । ११ हजार १८ जनाको परीक्षण गरिएको थियो । पछिल्ला दिनमा संक्रमितको संख्या ओरालो लागेको छ । कारण भने अहिले नै भन्न नसकिने बताउँछन्, मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल ।  ‘हिजो १० प्रतिशत थियो हिजो । आज ९ प्रतिशत छ संक्रमणदर । संक्रमितको संख्या ओरालाे लागेको छ तर कारण अहिले नै भन्ने स्थिति छैन,’ उनले भने । ...

Pages