STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १, सोमबार

२०७८ सोमबार, कात्तिक १ - आज दिउँसो देशभर बदली भइ केही स्थानमा पानी पर्नेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, २ र बागमतीका केही स्थानमा मेघ गर्जनसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा हुने र बाँकी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

आज दिउँसो प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा प्रदेश १, २ र बागमतीका केही स्थानमा मेघ गर्जनसहित पानी पर्नेछ । पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका केही स्थानमा हिमपात हुनेछ । प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

अहिले देशको अधिकांश भू-भागमा बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशमा मेघ गर्जनसहित पानी पर्नेछ । त्यस्तै सुदूरपश्चिम, प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Categorized in स्वास्थ्य-मौसम