STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ श्रावण २१, बिहिबार

    थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी ७६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१२ जना...

  • २०७८ श्रावण २१, बिहिबार

    साउनपछि कोरोना संक्रमण घट्दै जान्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं  -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनापछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ भने यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ...

  • २०७८ श्रावण २०, बुधबार

    थपिए ४१ सय कोरोना संक्रमित, थप ३५ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ । बुधबार देशभरबाट एक हजार ५ सय ३५...

  • २०७८ श्रावण १९, मंगलबार

    थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

    काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरका विभिन्न अस्पतालबाट १ हजार ९९४...

  • २०७८ श्रावण १८, सोमबार

    थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

    नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।   यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

  • २०७८ श्रावण १७, आइतबार

    थपिए २५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

  • २०७८ श्रावण १७, आइतबार

    निशुल्क खोप प्रमाणपत्र प्रमाणीकरण गर्न अस्पतालहरूलाई निर्देशन

    काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न सम्बन्धित अस्पतालहरूलाई निर्देशन गरेको छ । मन्त्रालयले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई निशुल्क खोप प्रमाण पत्र प्रमाणीकरण गर्न गराउन अनुरोध गरेको छ । मन्त्रालयले आज जारी...

  • २०७८ श्रावण १६, शनिबार

    २४ घण्टामा थपिए ३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

  • २०७८ श्रावण १५, शुक्रबार

    आज सिसीएमसीको बैठक बस्दै

    काठमाडौं - सिसीएमसी निर्देशक समितिको बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारमा आज अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर फेरि बढ्दै गइरहेको बेला सिसीएमसी निर्देशक समितिको बैठक बस्न लागेको जनाइएको छ ।

  • २०७८ श्रावण १३, बुधबार

    थपिए ३८ सय संक्रमित, थप ३५ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् भने थप ३३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि...

  • २०७८ श्रावण १२, मंगलबार

    संक्रमित बढ्दै, थपिए ३८९९ जना संक्रमित

    काठमाडौं - नेपालमा काेराेना संक्रमितको संख्या बिस्तारै बढिरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ...

  • २०७८ श्रावण ११, सोमबार

    असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १५ देखि कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी असोज १५ देखि तेस्रो लहर आउन सक्ने उल्लेख छ ।   ‘कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमणदरलाई हेर्दा तेस्रो लहर सम्भवत: असोज १५ देखि मंसिर महिनाको बीचमा फेरि आउन सक्छ । यद्यपि भेरियन्टको...

Pages