STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ आषाढ १, मंगलबार

    अबको तीन दिन देशैभर पानी पर्ने

    काठमाडौं -देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताए । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार यी प्रदेशका धेरै...

  • २०७८ जेठ ३१, सोमबार

    ५१ सय जना संक्रमण मुक्त, २९ सय नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । आज ५ हजार १४७ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या ५ लाख ३६...

  • २०७८ जेठ २९, शनिबार

    मनसुन भित्रियो, आज देशका अधिकांश ठाउँमा वर्षा

    मनसुन भित्रिएसँगै हिजो साँझदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण पूर्वी नेपालबाट सुरु भएको मनसुन अब देशभर फैलिँदै गएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानांगले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पोहोरभन्दा धेरै पानी पर्ने बताए । प्रदेश १ को मध्य तथा...

  • २०७८ जेठ २७, बिहिबार

    थप ३,७४९ जनामा कोरोना संक्रमण

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

  • २०७८ जेठ २५, मंगलबार

    थपिए ५१५३ संक्रमित, थप १०८ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा हजार ५ हजार १५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका १७ हजार ६७६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको भने ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • २०७८ जेठ २५, मंगलबार

    ६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोप लगाउने

    काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजबाट सुरु  हुने गरी ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ । उहाँको अनुसार काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा खोप अभियान सञ्चालन भएको छ भने नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको...

  • २०७८ जेठ २३, आइतबार

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने तयारी

    काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन आवश्यक तयारी थालेकाे छ । मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो । पत्रमा आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरूलाई कोरोना उपचार गर्ने सम्झौता वा...

  • २०७८ जेठ २२, शनिबार

    ५०४२ संक्रमित थपिँदा ८२४३ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

  • २०७८ जेठ २०, बिहिबार

    अमेरिकाले नेपाललाई कोरोना खोप दिने

    अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । 'अमेरिकी विदेश मन्त्रालयले जानकारी गराएको छ', परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'कति मात्रा दिने हो त्यो खुलाएको छैन ।' मन्त्री ज्ञवालीका अनुसार अमेरिकाले कुल ८ करोड बाँढ्नेमध्ये अहिले २ करोड ५० लाख डोजको घोषणा गरेको छ । त्यसमध्ये अमेरिकी मुलुकलाई ७० लाख, एसियामा करिब ७० लाख र अफ्रिकी देशमा ५० लाख बाँढ्ने छ । 'यसमध्ये नेपाले...

  • २०७८ जेठ २०, बिहिबार

    थपिए ६८२५ संक्रमित, ५९०४ संक्रमणमुक्त

    बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ। २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्। कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ...

  • २०७८ जेठ १८, मंगलबार

    सङ्क्रमण मुक्त दर ८० प्रतिशत, ६८९८ जना सङ्क्रमणमुक्त

    काठमाडौं - नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ । यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको...

  • २०७८ जेठ १८, मंगलबार

    कोरोना भाइरसका भेरियन्टहरुको नामाकरण : नेपालमा भेटिएको भेरियन्ट "डेल्टा"

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो । जसअनुसार अब यूके भेरियन्टलाई अल्फा, दक्षीण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिने बीबीसीले जनाएको छ । डब्लूएचओले भारतमा भेटिएको B.1.617.2 भेरियन्टलाई ‘डेल्टा’ र अर्को भेरियन्ट B.1.617.1 लाई ‘कप्पा...

Pages